१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा


जनमञ्च संवाददाता
  • २६ असार २०८० , मंगलबार

  • घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

    प्रतिकात्मक तस्बिर
    म्याग्दी, २६ असार– मंगला गाउँपालिका वडा नं. १ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको कुहुँको फाँट हराभरा भएको छ ।
    खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो ।
    पाँच वर्षदेखि डिभिजन कार्यालयले सिँचाइका लागि पूर्वाधार निर्माणको काम थालेको थियो । यस वर्ष अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको घट्टेखोला सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए ।
    खत्रीका अनुसार यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ । आयोजनाबाट कुहुँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआना लगायतका फाँटमा सिँचाइको सुविधा पुगेको छ ।
    सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई खेती गर्न सहज भएको छ । सिँचाइको अभावमा आफ्ना खेतीयोग्य जमिन बाँझै राख्न बाध्य स्थानीयलाई सिँचाइ आयोजनाले खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताए ।
    आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीय प्रितम पुनले बताए । ‘सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ’ पुनले भने ।
    घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend