१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

लिमे र पाराकोटे भैसीको दूध ‘ब्रान्डिङ’ गर्ने तयारी


जनमञ्च संवाददाता
  • ६ साउन २०८० , शनिबार

  • लिमे र पाराकोटे भैसीको दूध ‘ब्रान्डिङ’ गर्ने तयारी

    बागलुङ, ६ साउन– गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् ।
    रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध सङ्कलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् । छुट्टै सङ्कलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर सापकोटाले बताए ।
    उहाँले हेर्दा मोटाघाटा र उन्नत जस्ता देखिए पनि रिस्मी गाउँमा अहिलेसम्म स्थानीय भैँसी मात्रै पालिएका जानकारी दिए । घाँसको पर्याप्तताका कारण यहाँका भैँसीले धेरै दूध दिने गरेको किसानले बताएका छन् । किसानले उत्पादित दूध दैनिक सात किलोमिटर परको हटिया बजार पठाउने गरेका छन् ।
    रिश्मीसहित गल्याङ, कांडेबास, आँगखेत र मल्मका किसानले उत्पादन गर्ने सयौँं लिटर दूध खुला रुपमा हटियामा बिक्री भइरहेकाले अब ब्रान्ड बनाउने योजना रहेको गलकोट कृषि सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटाले बताए ।
    चिस्यान केन्द्रका लागि गलकोट नगरपालिकाले नौ लाख सहयोग गरेपछि किसानले श्रमदान गरेर तीन लाख ८६ हजार थप रकम जुटाएका अध्यक्ष सापकोटाले बताए । उनका अनुसार कूल १२ लाख ८६ हजारमा केन्द्रको भवन बनेको हो । यो भवन सञ्चालनमा ल्याएपछि दैनिक एक हजार लिटरसम्म दूध सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend