बागलुङ, ७ साउन– जिल्लाका विजयराज पन्तले डाईनामिक एजुकेशन लिडर अवार्ड प्राप्त गरेका छन् । लामो समयदेखि बिद्यालय तथा विश्वविद्यालयको शिक्षण पेशामा संलग्न रही विशेष योगदान पु¥याएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
एक्जिटो एजुकेसन, अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ मा पन्तले अवार्ड ग्रहण गरेका थिए । २३ जनामध्ये बागलुङबाट पन्तलाई उक्त अवार्डले सम्मान गरिएको हो ।
एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सम्पन्न कार्यक्रममा नेपालबाट शिक्षा क्षेत्रमा योगदान गरेका ३३ जना कलेज, स्कुलका प्रिन्सिपल, शिक्षक, सन्चालक तथा संस्थाहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मानित गरेको थियो ।
सिंगापुर र मलेसियामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका चान्सलर प्रोफेसर दातुक डा. हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजन लगाएतले संयुक्त रुपमा अवार्ड पन्तसहित अन्य अवार्ड प्राप्त गर्नेहरुलाई उक्त अवार्डले सम्मान गरेका थिए ।