१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

लायन्सको सिक्ने सिकाउने कार्यक्रम


जनमञ्च संवाददाता
  • १९ साउन २०८० , शुक्रबार

  • लायन्सको सिक्ने सिकाउने कार्यक्रम

    बागलुङ, १९ साउन– लायन्स क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा सिक्ने सिकाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त क्लबले नयाँ क्लबको जन्म दिएपछि नयाँ सदस्यका लागि सिक्ने सिकाउने कार्यक्रम आयोजना गरेको हो ।
    लायन्स क्लब भनेको के हो ? कसरी अन्तराष्ट्रिय तहदेखि अहिलेको अबस्थासम्म आइपुगेको हो भन्ने जानकारी दिंदै लायन्समा लागेका सदस्यले पुरा गर्नुपर्ने काम कर्तव्यबारे जानकारी दिनका लागि कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष जमुना थापाले बताइन् ।
    उक्त क्लबमै आबद्ध भएर तीन बर्षदेखि सक्रिय सदस्य मिना थापाको अध्यक्षतामा नया क्लब गठन भएको हो । लायन्स क्लब अफ बागलुङ गाजा हिलका सदस्यका लागि आयोजित कार्यक्रममा लियो क्लबका राष्ट्रिय सल्लाहकार नरेश कंडेलले सहजीकरण गरेका थिए ।
    नेपालमा लायन्स क्लबहरुले शिक्षा, स्वास्थ्य र बाल अधिकार लगायतको क्षेत्रमा बढी काम गरेका छन् । रुबेला बिरुद्धको खोप समेत लायन्स क्लबहरुको लगानीमा गरिएको थियो । बागलुङमा मात्रै १३ वटा लायन्स क्लब भैसकेका छन् ।
    कम्तिमा चारवटा क्लब भएपछि एउटा जोन हुने प्रावधान छ । नेपालमा लायन्स क्लबको ३२५ अन्तराष्ट्रिय मान्यता प्राप्त नम्बर छ । सिक्ने सिकाउने कार्यक्रममा लायन्स क्लबको जोन लिगर एड्भाइजर चन्द्र रेग्मी र जोन चियरपर्सन बद्री ढ्ुंगाना लगायतले नयाँ सदस्यका लागि जानकारी गराएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend