१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

बागलुङ नगरपालिकाले भत्काउन थाल्यो अवैध संरचना


जनमञ्च संवाददाता
  • १९ साउन २०८० , शुक्रबार

  • बागलुङ नगरपालिकाले भत्काउन थाल्यो अवैध संरचना

    बागलुङ, १९ साउन– सातादेखि सडक फराकिलो बनाउने अभियान थालेको बागलुङ नगरपालिकाले बुधवार देखि मापदण्ड नपुगेका सडक छेउका संरचना पनि भत्काउन थालेको छ ।
    बुधवार बानपा ३ को शान्टि टोल चौडा बनाउने काम गरेको नगरपालिकाले बिहिवार बिहानै आफ्नै कार्यालय रहेको आबारोडको पर्खाल भत्काएको छ । तत्कालिन जिल्ला कृषि बिकास कार्यालयमा नगरपालिका सरेको थियो । उक्त कार्यालयको पर्खाल भत्काएपछि नगरपालिकाले आफ्नो बाट सडक चौडापार्ने अभियान थालेको सन्देश समेत दिएको छ ।
    मुख्य सडक, शाखा सडक र गल्लीमा तोकिएका मापदण्ड पुरा गर्न कतिपय संरचना भत्काउने तथा कतिपय स्थानमा सडक बनाउने काम समेत शुरु भएको हो । अभियान थाल्न बिहिवार नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का डोजर लगाउने स्थानमै उपस्थित थिए । कार्यालय अगाडि ९ मीटर सडक कायम गर्न पर्खाल भत्काइएको थियो ।
    बिहिवारै नगरप्रमुख बसन्तकुमार श्रेष्ठको घर बाहिर लगाइएको कम्पाउण्ड पर्खाल भत्काउन प्राविधिकले चिन्ह लगाइदिएका छन् । नया“ बनेका घरमा सडक बाहेक डेढ मीटर सेटव्याक छाडेर मात्र बनाउन पाउने नगरको नियम बनेको छ । उक्त नियम आ“फैबाट पालना गर्न श्रेष्ठले आफ्नै घरको पर्खाल भत्काउने तयारी गरेको बताए ।
    साथै एक सातादेखि सडक पेटीमा राखिएका ठेलागाडा र होर्डिङ बोर्डहरु हटाइएको छ । सडक चौडा बनाउने अभियानमा नगरबासीले पनि साथ दिएका छन् । व्यवस्थित बजारकालागि बागलुङ बजारमा हरेक दिन एकतर्फी नो पार्किङको व्यवस्था समेत छ ।
    बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले सडक अतिक्रमण गरेका, कुलो, नहर मिचिएका र अव्यवस्थित रुपमा बनेका सबै संरचना भत्काइने बताए । त्यसका लागि नगरपालिकाले गत मंसिर ११ गतेदेखिनै काम थालेको हो । मंसिर ११ गते ९० दिने सूचना जारी गरेर मापदण्ड तोकेको थियो । त्यसपछि १५ दिने र ७ दिने सूचना पनि जारी भैसकेको छ । भदौ १ गतेसम्म अझै अन्तिम समय दिएर घरटहरावालालाई नै भत्काउने जिम्मा दिएको नगरपालिकाले त्यसपछि अटेर भएमा डोजर चलाउने घिमिरेले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend