१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

मल्म–पाण्डबखानी–रमुवा सडक अबरुद्ध हुँदा किसानलाई सास्ती


जनमञ्च संवाददाता
  • २० साउन २०८० , शनिबार

  • मल्म–पाण्डबखानी–रमुवा सडक अबरुद्ध हुँदा किसानलाई सास्ती

    बागलुङ, २० साउन– बर्षासँगै आएको बाढी र पहिरोले सडक अबरुद्ध हुँदा जिल्लाको गलकोट नगरपालिका–१० रमुवाका किसान मर्कामा परेका छन् । स्थानीय किसानले लगाएको आलु फसल लिने बेला सडक अबरुद्ध भएपछि बजारीकरण रोकिएको हो ।
    सडक नहुँदा किसानलाई आलु बजार पठाउन समस्या भएको छ । रमुवाका १ सय ४३ घरधुरीले हरेक बर्ष प्रत्येक घरमा २० देखि ३० मुरी आलु उत्पादन गर्छन् । यो बर्ष पनि रमुवामा किसानले नगदेबालीको रुपमा उत्पादन गरेको आलु बजार पुग्न पाएन् । हरेक बर्षा याममा यहाँका किसानले सडकका कारण समस्या भोग्ने गरेका छन् ।
    निरन्तरको वर्षाले मल्म–पाण्डबखानी–रमुवा सडक अबरुद्ध भएपछि करिब एक महिनादेखि पालिका मुकाम पुग्न समस्या भएको स्थानीय सुरेश छन्त्यालले बताए । ‘सडक अबरुद्ध हुँदा बिरामीलाई नगर अस्पताल लैजान ३ किलोमिटर बोक्नु पर्ने बाध्यता छ’ छन्त्यालले भने ।
    पालिका मुकाम तथा प्रशासनिक कामले जिल्ला सदरमुकाम पुग्न पनि रमुवाका स्थानीयलाई अन्य बैकल्पीक सडक नहुँदा हरेक वर्खायाममा समस्या हुने गरेको छन्त्यालले बताए ।
    सडक अबरुद्ध हुँदा खाद्यान्न ल्याउन पनि समस्या भएको किराना पसलका सञ्चालक बुद्ध विकले गुनासो पोखे । ‘केहि होला भनेर पसल संचालन गरेको छु, तर सडकको अवरुद्व सामान ल्याउन भरिया खोज्नुपर्छ । बाटो मर्मत गर्न पालिकाले चासो दिएन’ उनले भने ।
    यसैबीच, पैदल तथा सवारी यात्रामा सास्ती भएपछि स्थानीयले श्रमदान गरेरै भएपनि बाटो संचालनको प्रयास थालेको स्थानीय चक्र बहादुर रानाले जानकारी दिए ।
    वडा अध्यक्ष भक्त काउचाले बाटो मर्मतको काम एक वर्षसम्म निर्माण कम्पनीले गर्नुपर्ने बताए । सघन सहरी विकास कार्यक्रमअन्तर्गत १ करोडमा सर्बसिद्ध कन्ट्रक्सनले ठेक्कामार्फत काम गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend