बागलुङ, २४ साउन– जिल्लाको ताराखोला गाउँपालिका–१ माझखर्कका मृगौला पीडित नरमति विश्वकर्मालाई बागलुङ सेवा समाज बहराईनले आर्थिक सहयोग गरेको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा रहेका नेपालीहरुले सहयोग संकलन गरेर मृगौला पीडित विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् । उनीहरुले स्वस्फर्त संकलन गरेको ६१ हजार ३ सय ८५ रुपैयाँ पीडित परिवारलाई सहयोग गरेको बागलुङ सेवा समाज बहराईनका कार्यवाहक अध्यक्ष मिलन कुमार मगरले जानकारी दिए ।
लामो समयदेखि मृगौला रोगबाट ग्रसित विश्वकर्माले बागलुङको धौलागिरी अस्पतालमा डायलासिस गराउँदै आएकी छन् । विश्वकर्मा परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न अपिल गरेका छन् । बागलुङ सेवा समाज बहराईनले आर्थिक संकलन गरेर पठाएको रकम ताराखोला गाउँपालिका–१ का वडासदस्य भक्तबहादुर नाइसा मगरले विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।