बागलुङ, २५ साउन– नेपाली काँग्रेस बागलुङ नगरपालिकाको नगर कार्यसमितिको कोषाध्यक्षमा पार्वती अधिकारी मनोनित भएकी छन् । नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले अधिकारीलाई कोषाध्यक्षमा मनोनित गरेका हुन् ।
मंगलबार बसेको नगर कार्यसमितिको बैठकले अधिकारीलाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको थियो । काँग्रेसको विधान दशौं संशोधन २०७८ बमोजिम निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने अधिकार छ ।
शर्माको संयोजकत्वमा १२ सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरेको छ । समितिको उपसभापती नारायण पौडेल, प्रदिप गौतम, सचिव आशिक राजभण्डारी, कृष्ण शर्मा, सहसचिव प्रकाश किसान, सञ्जय पौडेल कोषाध्यक्ष पार्वती अधिकारी, सदस्यहरु सुदिप राजभण्डारी, विष्णु लम्साल, सन्तोष कुँवर (विजेन्द्र) र मेघा थापालाई मनोनित गरिएको हो । बैठकले आगामी साउन २७ गते शनिबार बागलुङ नगरपालिका–१३ पैयुँपाटामा नगर सम्मेलनको गर्ने निर्णय गरेको छ ।