बागलुङ, २५ साउन– नेपाल महिला संघको ७६ औं स्थापना दिवशको अवसरमा बागलुङमा प्रवचन तथा बजार सफाइ कार्यक्रम गरिएको छ । बुधबार बागलुङ बजारका अधिकांस चोकमा पुगेर संघका पदाधिकारी र सदस्यले सरसफाइ गरेका थिए ।
अभियानको शुरुवातमा आयोजित प्रवचन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामशरण नेपालीले अधिकारको लडाइमा महिला संघ नेपालको पहिलो संस्था भएको बताए । महिलाले अधिकारको खोजी गर्नुपर्छ भन्ने मंगलादेवी सिंह नेतृत्वमा संघको स्थापना भएको थियो ।
अर्का केन्द्रीय सदस्य चम्पा खड्का सहित महिला नेतृ तथा कांग्रेसका पदाधिकारीले पनि दिवशको शुभकामना व्यक्त गरेका थिए । नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता र सचिव भगवती केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।