१७ साउन २०८३ , आइतबार

१७ साउन २०८३ , आइतबार
  • १७ साउन २०८३ , आइतबार
  • August 2 2026

जातिय दुव्र्यवहारले शहरी स्वास्थ्य क्लिनिक नै बन्द


जनमञ्च संवाददाता
  • ८ भाद्र २०८० , शुक्रबार

  • जातिय दुव्र्यवहारले शहरी स्वास्थ्य क्लिनिक नै बन्द

    बागलुङ, ८ भदौ– जिल्लाको बलेवास्थित बास्कोट सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत अनमी सोनाम परियारलाई बिरामीले दुव्र्यवहार गरेको भन्दै क्लिनिकन नै बन्द गरिएको छ । क्लिनिकमा औषधि लिन आएका बिरामीले जातिय दुव्र्यवहार गरेको भन्दै परियारले काम गर्न नमानेपछि नगरपालिकाले क्लिनिक नै केही समयका लागि बन्द गरेको हो ।
    बुधबार क्लिनिकमा औषधि लिन आएकी एक महिलाले परियारलाई जातिय आक्षेप लगाउँदै औषधि फ्याँकेर हिँडेको पीडितले बताएकी थिईन् । उनले रुँदै काम गर्न असहज भएको बताएपछि क्लिनिक बन्द गरेर स्वास्थ्य शाखामा आउन आग्रह गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । दुई जनाको दरबन्दी रहेको क्लिनिकमा सोनामले मात्रै काम गर्दै आएकी थिईन् ।
    ‘सोनामले बिरामीको व्यवहारले असजिलो भयो भनेपछि उनलाई अन्यत्रै खटाएर क्लिनिक बन्द गरिएको छ’ खानालले भने ‘घटनाका बिषयमा शाखाको ध्यानाकर्षण भएको छ, बाँकी घटनाको बिषयमा बुझ्ने काम भैरहेको छ ।’
    घटनाबारे बिभिन्न सामाजिक संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत अधिकारकर्मीहरुले घटनाको छानविन र पीडकलाई कारवाहीको माग गरिरहेका छन् । ‘स्तब्ध गरायो ! बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा शहरी स्वास्थ्य केन्द्र बास्कोटमा कार्यरत अनमी सोनम परियारले स्थानीयको स्वास्थ्य परिक्षण गरी औषधी दिने क्रममा दमिनीले दिएको औषधी नखाने भन्दै भुईमा फालीदिएको घटनाप्रति घोर भत्र्सना गर्दछु !’ उत्पिडित जातिय मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य धनबहादुर परियारले भने ‘ऊक्त घटनाको सत्यत्तथ्य पत्ता लगाई आबस्यक कारवाहीको माग गर्दछु ! अन्यथा यस्को परिणाम गम्भिर हुने ब्यहोरा समेत जानकारी गराउदछु !’
    उनले नगरपालिकाले तत्काल घटनाको बिषयमा छानविन र कारवाही प्रक्रिया थाल्नुपर्ने बताए । २१ औं शताब्दीमा समेत जातीय बिभेद जस्तो जघन्य अपराध गर्नेलाई देशको विद्यमान नियम कानुन अनुसार कारवाही हुनुपर्ने परियारले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend