१६ साउन २०८३ , शनिबार

१६ साउन २०८३ , शनिबार
  • १६ साउन २०८३ , शनिबार
  • August 1 2026

ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ


जनमञ्च संवाददाता
  • २७ भाद्र २०८० , बुधबार

  • ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

    बागलुङ, २७ भदौ– अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय बागलुङले मोतिहारी विहार प्रदेश घर भइ हाल बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ हटिया बस्ने ३४ वर्षीय रामबाबु कुमारलाई पक्राउ गरिएको जनाएको छ ।
    कुमारलाई बागलुङ जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने उद्योग मुद्धामा २०७६ साल असार २५ गते २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसाला सुनाएको थियो ।
    इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले कुमारलाई पक्राउ गरी लगत कट्टाको लागि सोमबार बागलुङ अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend