बागलुङ, ३० भदौ– मा अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन समुह चरणका खेलहरु सम्पन्न भएका छन् । समुह चरणको खेलमा विजयी हुँदै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल, रुद्रेपिपल माध्यमिक विद्यालय, आदर्श विद्यामन्दिर बोर्डिङ, गरिमा माध्यमिक माध्यमिक विद्यालय, सिदार्थ शिक्षा सदन र अमर आदर्श माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उद्घाटन खेलमा चिल्ड्रेन लाईफले सनराइज बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्यो भने तेस्रो खेलमा आदर्श विद्यामन्दिर बोर्डिङले फ्युचर ब्राइटर बोर्डिङलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गर्यो ।
यस्तै, चौथो खेलमा गरिमा माध्यमिक विद्यालयले न्यू एभरेष्ट एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्यो भने पाचौं खेलमा सिदार्थ शिक्षा सदनले कालिगण्डकी बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगितामा बागलुङका १४ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत आज क्वारटरफाइनलका खेलहरु हुने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए ।
असोज १ गतेसम्म संचालन हुने प्रतियोगिताका खेलहरु नकआउट चरणमा खेलाइने अध्यक्ष जय राजभण्डारीले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले गर्नुभएको थियो ।