१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

विपतमा उद्धार सामग्रीको तयारी र भण्डारण गरिने


जनमञ्च संवाददाता
  • २४ असोज २०८० , बुधबार

  • विपतमा उद्धार सामग्रीको तयारी र भण्डारण गरिने

    बागलुङ, २४ असोज– बिपत् पछिको उद्धार र राहतका लागि बागलुङका स्थानीय आपतकालीन सञ्चालन केन्द्रमा तत्काल उद्धार, उपचार र राहतका न्यूनतम सामग्री भण्डारणको व्यवस्था मिलाईने भएको छ । जिल्लास्थित आपतकालीन सञ्चालन केन्द्र र स्थानीय आपतकालीन सञ्चालन केन्द्रको समन्वय बैठकले न्यूनतम सामग्रीको तयारी र भण्डारण गर्ने निर्णय गरेको हो ।
    जिल्ला आपतकालीन सञ्चालन केन्द्र र स्थानीय आपतकालीन सञ्चालन केन्द्र बीचको प्रभावकारी समन्वय गर्दै बिपत्को व्यवस्थापन, बिपत्को पूर्वतयारी र बिपत् पछिका राहत र पुनस्थापनाका कामलाई प्रभावकारी गराउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
    मनसुनजन्य बिपत् प्रभावित निजी आवास पूननिर्माण तथा पुनस्थापनाका लागि अनुदान कार्यबिधिले तोकेको मापदण्ड पुगेका सबै लाभग्राहीलाई तीन महिनाभित्र सबै किस्ताको रकम उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । स्थानीयस्तरमा हुने जुनसुकै विपद्का घटनाको स्थानीय आपतकालीन सञ्चालन केन्द्रले स्थानीय तहका जिम्मेवार पदाधिकारी, स्थानीयस्तरमा रहेका सुरक्षा निकाय र जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई जानकारी गराई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउने प्रतिबाद्धता जनाएका छन् ।
    स्थानीय आपतकालीन सञ्चालन केन्द्र र जिल्ला आपतकालीन सञ्चालन केन्द्रबीच प्रभावकारी सञ्चारको प्रबन्ध गर्ने, स्थानीय तहका विपद् व्यवस्थापन समितिले वडास्तरसम्मका सम्पर्कव्यक्ति तोकी विपद्को समयमा तत्काल सूचना आदानप्रदान र छिटो राहत तथा उद्धारको व्यवस्था मिलाउने निर्णय भएको बरालले बताए ।
    स्थानीयस्तरमा घट्ने विपत्का घटनाको जतिसक्दो छिटो आपतकालीन सञ्चालन केन्द्रलाई जानकारी गराउने र जिल्ला आपतकालीन सञ्चालन केन्द्रले सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय र सूचना प्रदान गर्ने, सुख्खा मौसम शुरु हुन लागेको हुँदा यस मौसममा हुनसक्ने आगलागीका घटना हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, आगलागीका घटना भएमा तत्काल सुरक्षा निकायलाई खबर गर्ने र सुरक्षा निकायको सहकार्यमा अग्नी नियन्त्रण र राहत तथा पुर्नस्थापनामा आआफ्नो स्थानबाट परिचालित हुने निर्णय भएको बरालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend