१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

लेक लागेर तीन जना पर्यटकको मृत्यु


जनमञ्च संवाददाता
  • २६ असोज २०८० , शुक्रबार

  • लेक लागेर तीन जना पर्यटकको मृत्यु

    मुस्ताङ, २६ असोज– घुम्न गएका ३ पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो एक हप्ताको अवधिमा तीन जना पर्यटकको मृत्यु भएको हो ।
    श्वास प्रश्वासमा समस्या आएपछि भारतको तमिलनाडु घर भएकी ६५ वर्षीय रेवतीको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई घासामा पुग्दा श्वास फेर्न समस्या भएको प्रहरीले जनाएको छ ।
    रेवतीको लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रमुख भोज पाण्डेले जानकारी दिए । शव पोष्टमार्टमको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनले बताए ।
    यस्तै, मुक्तिनाथमा भारतकै नागरिकको मृत्यु भएको छ । भारत तिलंगा बस्ने ६६ वर्षका जी सत्यनारायणलाई मुक्तिनाथमा श्वास प्रश्वासमा समस्या आएको थियो । उनको जोमसोम अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
    प्रहरी प्रमुख पाण्डेका अनुसार गत शुक्रबार मुक्तिनाथ नजिकै झोङमा हाइकिङ गर्ने क्रममा युक्रेनी नागरिकको मृत्यु भएको थियो । ३५ वर्षकी अन्ना पनिनाको श्वास प्रश्वासमै समस्या आएर मृत्यु भएको पाण्डेले बताए । उनलाई श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल जोमसोम पु¥याइएको थियो । सोही दिन साँझ उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend