बागलुङ, १० कात्तिक/ जिल्लाको बडिगाड गाँउपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाभित्रका विभिन्न योजनाहरु सम्पन्न गर्न गठन भएका उपभोक्ता समितिलाई नागरिकले गुनासो नगर्नेगरी चनाखो भएक काम गर्न निर्देशन दिएकी छन् ।
बडिगाड गाँउपालिका ७ गाँवको खड्ग जयन्ती युवा क्लवको १२ औं बार्षिकोत्सब तथा दशंै मेलाको अबसरमा पालिका अध्यक्ष अधिकारीले उक्त निर्देशन दिएकि हुन । “नागरिकले आफ्नो वरपरका समस्या सुनाउदाँ त्यो समस्या तत्काल समाधान गर्न मन लाग्छ गाँउपालिका अध्यक्ष अधिकारीले भन्न् ितर सबै कुरा आर्थिक संग जोडिन्छ । पालिकाभित्रका स्रोत र साधनको अधिक्तम उपयोग गरि नागरिकका समस्या समाधानमा हामि लागिपरेका छौ ।”
पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले तिहारपछि शैक्षिक गतिविधिका कामले तिव्रता पाउने भन्दै बडिगाडमा लोकल रक्सीको ब्रान्ड बनाउने काम बडिगाड ७ कै ध्वागका २५ घरबाट शुरु भईसकेको समेत बताईन् ।
यस्तै कार्यक्रमकै अबसरमा वडाध्यक्ष दिपेन्द्र प्रताप केसीले वडाले सडकलाई नै मुख्य प्राथमिक्तामा राखेर यस आर्थिक वर्षमा काम गर्ने बताएका छन । उनले यो आर्थिक वर्षमा मात्रै सडककै लागि २० लाख बजेट विनियोज गरिएको बताउदै क्लवले वार्षिक कार्यक्रममात्र नभएर सामाजिक विकासका काममा समेत मासिक योजना बनाएर लाग्न सुझाव दिएका थिए ।
यसैविच खड्ग जयन्ती युवा क्लवको १२ औं बार्षिकोत्सब तथा दशंै मेलाको अबसरमा अयोजना गरिएको खुल्ला भलिवल प्रतियोतिामा राजकुत समाज निसिखोलालाई हराउदै बडिगाडको न्यू स्पोर्ट ग्रुप नयाँगाउ प्रथम भएको छ ।
प्रतियोगितामा प्रथम भएको न्यू स्पोर्ट ग्रुप नयाँगाउ विजेता बन्दै ३३ हजार ३३३ र कप जितेको छ भने उपविजेता बनेको राजकुत समाज निसिखोलाले २२ हजार २२२ मा चित बुझाएको छ ।
यस्तै रेकड डान्समा ललिता पाइजा प्रथम तथा मालिका पुन द्धितिय भएका छन । उनहिरुले क्रमश २ हजार र १ हजार प्राप्त गरे । गत कार्तिक ४ गतेबाट शुरु भएको खड्ग जयन्ती युवा क्लवको १२ औं बार्षिकोत्सब तथा दशंै मेला शुक्रबार सम्पन्न भएको क्वलका अध्यक्ष महेश खत्रीले जानकारी दिए ।