१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

ब्लड क्यान्सर पीडित सिबिष बचाउन सहयोगको खोजी


जनमञ्च संवाददाता
  • १६ कार्तिक २०८० , बिहिबार

  • ब्लड क्यान्सर पीडित सिबिष बचाउन सहयोगको खोजी

    बागलुङ, १६ कात्तिक– ब्लड क्यान्सर पीडित बालिका बचाउन अभिभावकले सहयोगको आब्हान गरेका छन् । बागलुङ नगरपालिका–३ घर भइ हाल काठमाण्डौंमा कक्षा ९ मा पढ्ने सिबिषा खड्कालाई बचाउन सहयोगको खोजी भएको हो ।
    आमा रोशनी र बाबु शिवकी छोरी सिबिषालाई २०७८ फागुनमा ब्लड क्यान्सर देखिएको थियो । हालसम्म परिवारले ५० लाख रुपैयाँ खर्च गरिसकेको छ । यो खर्चले मात्र नपुग्ने भएपछि परिवारले सहयोगको खोजी गरेका हुन् ।
    हाल उपचार भैरहेकोमा चिकित्सकहरुले एक करोड खर्च लाग्ने अनुमान गरेका छन् । उक्त खर्च जुटाउन परिवारले नसक्ने भएपछि सार्वजनिक रुपमा सहयोगको याचना गरिएको हो । उक्त रकम खर्च नभएमा परिवारका सदस्यले अन्य पीडितको उपचारमा खर्च गर्ने वा कोष बनाउने समेत बताए । ‘बालिका भएकोले धेरै खर्च नहुन सक्छ, खर्च भएमा तयारी गरौं भन्ने हो’ रोशनीले भनिन्, ‘खर्च नभएमा संकलित रकम अन्य पीडितलाई खर्च गर्न सकिने वा कुनै कोष बनाउनेछौं ।’ बुधबार पत्रकार सम्मेलन गरेर उनले जानकारी गराएकी हुन् ।
    शुरुवातमा पोखरामा सामान्य उपचारपछि सैनिक अस्पतालहुँदै काठमाण्डौमा उनको उपचार भएको छ । पहिलो चरणमा उपचारबाटै उनको रोग निको पार्ने प्रयास भैरहेको छ । त्यसपछि मात्र बोनम्यारो परिवर्तन गर्ने भएकोले उपचारमा धेरै खर्च लाग्ने देखिएको हो ।
    पीडित सिबिषाले निको भएर डाक्टर बन्ने सोच बनाएको बताइन् । पहिलेदेखिनै डाक्टर बन्ने चाहना राखेकी उनले रोगलाई जित्ने आस गरेकी छिन् । उनको उपचारमा सहयोग जुटाउन अभिभावकको रुपमा स्थानीय अमरबहादुर खड्का नेतृत्वमा सिबिषा उपचार सहयोग समिति गठन गरिएको छ ।
    समितिले सामाजिक संजालमार्फत देशबिदेशबाट सहयोग जुटाउने तयारी गरेकोले पत्रकार सम्मेलनमार्फत सबैलाई सहयोग माग गरिएको स्थानीय निसान खड्काले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सबैको साथ र सहयोगमा सिबिषालाई निको बनाउने अभियानमा साथ दिने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend