११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङ कप क्रिकेटको ट्रफी सार्वजनिक


जनमञ्च संवाददाता
  • १९ कार्तिक २०८० , आइतबार

  • बागलुङ कप क्रिकेटको ट्रफी सार्वजनिक

    बागलुङ, १९ कात्तिक– जिल्ला क्रिकेट संघको आयोजनामा हुने ‘बागलुङ कप टि–२० क्रिकेट प्रतियोगिता–२०८०’को ट्रफि सार्वजनिक भएको छ । शनिबार बागलुङ बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो ।
    क्रिकेट संघले कात्तिक २१ गतेदेखी २५ गतेसम्म प्रतियोगिता आयोजना गरेको छ । खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा खड्काले देशका तीन तहकै सरकारको ध्यान खेलकुदको क्षेत्रमा कम रहेको बताए । गाउँ, जिल्ला, प्रदेश र देशको परिचय खेलकुदले दिनसक्ने भएपनि खेलकुदको क्षेत्रमा लगानी नहुने गरेको उनको गुनासो थियो ।
    बाङ्गेचौर खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघबाट मान्यता पाएका गण्डकी प्रदेशका छ जिल्लाका क्रिकेट संघ सहभागि हुने छन् । बागलुङ, पर्वत, कास्की, स्याङ्जा, नवलपुर र तनहुँ खेलमा सहभागि हुने संघका अध्यक्ष बिष्णु आचार्यले जानकारी दिए ।
    प्रतियोगितामा बिजेताले १ लाख १ हजार र उपबिजेताले ५० हजार ५५५ पाउनेछन् । म्यान अफ दि सिरिजलाई १० हजार, बेष्ट व्याट्समेनलाई ५ हजार, बेष्ट बलरलाई ५ हजार र म्यान अफ दि म्याच हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको आचार्यले बताए । प्रतियोगितामा सहभागि पर्वतको समुहलाई १० हजार र अन्य जिल्लाका सहभागि समुहलाई २५ हजार रुपैयाँ खेलभक्ता प्रदान गरिने छ । लिग कम नकआउन बिधिमा खेल सञ्चालन हुने छ ।
    प्रतियोगिता सञ्चालनका लागि झण्डै १२ लाख खर्च हुने आयोजकले जनाएको छ । बागलुङ नगरपालिकाले एक लाख ५० हजार सहयोग गर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend