बागलुङ, ७ पुस– जिल्लाको जैमिनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
नगरप्रमुख नरबहादुर पुनले प्रतियोगिताको शुभारम्भ गरे । उनले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्नुपर्ने बताए । खेल संरचना निर्माणमा नगरले प्रयाप्त ध्यान दिने बताए । खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने उनको धारणा थियो । नगर उपप्रमुख हरिहर शर्माले खेलकुदले युवा पलायन रोक्न मद्धत गर्ने बताए ।
कार्यक्रममा भुमी आयोगका जिल्ला सदस्य सोभा प्रसाद शर्मा, सुन्तलाचौर माध्यमिक विद्यालयका प्राधानाध्यापक बिष्णु प्रसाद सापकोटा, जनता माविकी प्रधानाध्यापक नुमाकुमारी शर्मालगायतले बोलेका थिए । कार्यक्रम वडा सामाजिक बिकास समितिका संयोजक वडा नं. १ का अध्यक्ष बिष्णु आचार्यको स्वागत र नगर शिक्षा अधिकारी खेम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
उक्त अबसरमा हिमालयन आवासिय मावि र शान्ति माविले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।