९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कालिगण्डकी करिडोरमा सुख्खा पहिरो, अबरुद्ध सडक खुल्न एक साता लाग्ने


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०८० , शनिबार

  • कालिगण्डकी करिडोरमा सुख्खा पहिरो, अबरुद्ध सडक खुल्न एक साता लाग्ने

    बागलुङ, २६ फागुन/ सुख्खा पहिरोका कारण शनिबार दिउँसोदेखि कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अबरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मिको कालिगण्डकी गाउँपालिका वडा नं. ६ बरलवाको भीरमा भीषण पहिरो खसेको हो ।
    पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुंगा–अर्वेनी सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । यसअघी फागुन ११ गते राती खसेको सुख्खा पहिरोका कारण कोरिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतीको काम भैरहेको छ । काम चलिरहेकै बेला शनिबार दिउँसोको समयमा एक्कासी पहाड खसेपछि सडक अबरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताए ।
    “पटक पटक पहाड पल्टिँदा काम गर्न निकै कठिन भैरहेको छ” गुरुङले भने “यस पटकको चट्टान पनि एक सातामा फोडेर सकिने जस्तो छैन्” पहिरोको बिषयमा कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराईएको उनले बताए ।
    बरलवाको भीरमा शनिबार दिउँसो १ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अबरुद्ध भएकाले करिडोरहुँदै लामो तथा छोटो दुरीका सवारी आवागमनमा समस्या आएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवल लगायतका ठाउँमा चल्ने सवारीका साधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेला बेलामा सुख्खा पहिरो जाने गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend