९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विद्यालय बसका चालकलाई एक दिने अनुशिक्षण


जनमञ्च संवाददाता
  • २५ चैत्र २०८० , आइतबार

  • विद्यालय बसका चालकलाई एक दिने अनुशिक्षण

    बागलुङ, २५ चैत-ट्राफिक प्रहरी कार्यालयले जिल्लामा रहेका विद्यालय बसका चालकलाई एक दिने अनुशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका प्रिन्सिपल, शिक्षक, चालक र सहचालक राखेर अनुशिक्षण गरिएको हो ।

    शनिबार सम्पन्न भएको अनुशिक्षणमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, सवारी न्युनिकरणका उपाय, चालक सह–चालकले पालना गर्नुपर्ने नियम, ट्राफिक चिन्हबारे जानकारी गराएका थिए । सवारी दुर्घटना न्यूनीकरणका उपाय, सडकरेखा तथा स्कुल बस निर्देशिका २०७४ को विषयमा पनि प्रशिक्षण गरिएको थियो । ऐन आएपनि पूर्ण रुपमा पालना नभएको समेत सरोकारवालाको भनाई छ ।

    सरकारले सात वर्षअघि ल्याएको निर्देशिका पालना नगर्दा सडकमा दुर्घटना हुने, सवारी जाम हुने र त्यसले अनावस्यक अन्य घटना पनि सिर्जना गर्ने गरेको हो । जथाभावी संचालन भइरहेका बस तथा भ्यान र माइक्रोबसले नियम नमान्दा सडक दुर्घटना बढेको र सवारी जाम बढेको निउरेको भनाइ छ ।

    निर्देशिकामा उल्लेख भएका नियम स्कुल बसले पालना नगरेको भेटिएको हो । सिट क्षमताभन्दा बढी बालबालिका राख्न नपाइने निर्देशिकामा उल्लेख छ । तर, विद्यालय समयमा कोचाकोच विद्यार्थी राख्ने गरेका छन् । हरेक सवारी साधनमा आपतकालिन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी चलाउनु पर्ने, प्राथमिक उपचार बक्स र अग्नी नियन्त्रण उपकरण राखिनुपर्ने नियम छ । तर, उक्त निर्देशिका पालना भएको छैन ।

    गाडीमा फोहोर फाल्ने बाल्टीसमेत राख्नुपर्ने प्रावधान छ । सवारी जाँचपास प्रमाणपत्र साथैमा राखिनुपर्ने उल्लेख भए पनि अधिकांसले नराखेका हुन् । अधिकांश बसले सवारी जाँचपास बनाएकै छैनन्,’ यातायात व्यवस्था कार्यालयकी प्रमुख गोमादेवी रिजालले भनिन्, ‘विद्यार्थी बोकेको देखेपछि सबैले छाडिदिन्छन् भन्ने मान्यताले बेथिति बढेको छ ।’ हरेक बसले क्षमताबढी विद्यार्थी बोक्ने गरेको पनि राम्रो नभएको उनले बताइन् ।

    साना बालबालिका राखेको निहुँमा कतिपय बसले एकै सिटमा ३ देखि ४ जनासम्म राखेर पनि विद्यार्थी ओासर्ने गर्छन् । उनीहरुको तोकिएको रुट र रोक्ने स्थान पनि उल्लेख छैन । उनले पहिलो चरणको सचेतना थालिसकेको बताए । पटकपटक यो समस्या देखियो भने कारवाही गर्ने उनले बताए । वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको क्रममा प्रभावकारी अनुगमन गरेर कारवाही थाल्ने निउरेले जानकारी दिए ।

    नियम अनुसार कालो प्लेट नम्बर राखेर जिवद्यार्थी ओसार्न नपाइने, पहेलो गाडीले भाडाका यात्री ओसार्न नपाउने र थोत्रा गाडीमा विद्यार्थी राख्न नपाउने नियम छ ।
    यसैबीच, ट्राफिक प्रहरीले अटो व्यवसायी र चालकलाई समेत सडक सुरक्षा र ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरेको छ । सडकमा सवारी साधनलाई रोकेर उनीहरुले गरेका कमजोरी हेरेर सम्झाइबुझाइ पठाउने, नियम उल्लंघन गरेको भए जरिवाना समेत गर्ने गरिएको हो । कतिपय स्थानमा सडक नाटक समेत प्रस्तुत गरिएको छ भने दुर्घटनाका तस्बिरहरु राखेर सचेत समेत गराइएको हो ।

    केही दिनअघि मध्यपहाडी लोकमार्गमा अटो रिक्सा दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । तोकिएको रुटभन्दा बाहिर जाने, क्षमताभन्दा बढी यात्री राख्ने जस्ता क्रियाकलाप तत्काल रोक्न पनि चालकलाई निर्देशन दिइएको निउरेले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend