८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नवरत्न बहुउद्देश्यीय सहकारीको १४ औँ साधारण सभा


जनमञ्च संवाददाता
  • ७ पौस २०८१ , आइतबार

  • नवरत्न बहुउद्देश्यीय सहकारीको १४ औँ साधारण सभा

    बागलुङ, ७ पुस- नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समाजसेवी तथा संस्थाका जेष्ठ शेयर सदस्य पोटकुमारी जिसीले गरिन् ।

    सो अवसरमा बोल्दै जिसीले सहकारीको विकासका लागि संचालक र कर्मचारी ईमान्दार बन्नुपर्ने बताइन् । सहकारीमा जम्मा गरेको रकम व्यक्तिले हिनामिना गर्दा सहकारीलाई हेर्ने नजर नराम्रो हुँदै गएको जिसीले धारणा राखिन् ।

    सहकारीका संस्थापक अध्यक्ष बल बहादुर खड्काले सहकार्यबाट मात्र सहकारी सफल हुने भन्दै खड्काले संस्थागत विकासका लागि सामुहिक रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिए ।

    कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष हेमबहादुर खत्री, सल्लाहकार दिल बहादुर कार्की, अधिवक्ता रमेश बहादुर खड्का, गणेश कृषि सहकारी सिगानाका अध्यक्ष राम बहादुर खड्का, स्वाभिमान बहुउदेश्यीय सहकारीका अध्यक्ष शिवकला थापा, नवरत्न सहकारीका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गरेका थिए ।

    संस्थाका अध्यक्ष देबवहादुर खड्काले अध्यक्षको प्रतिवेदन, सचिव मेजर तेज बहादुर खत्रीले प्रगति प्रतिबेदन, कोषाध्यक्ष प्रेम बहादुर क्षेत्रीले आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिबेदन र शिक्षा उपसमिति संयोजक हस्त बहादुर खड्काले प्रस्तुत गरेको शिक्षा समितिको प्रतिबेदन रुपमा पारित भएको छ ।

    सो अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य हर्कवहादुर खड्का र हरिकला क्षेत्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणी, उत्कृष्ट बचतकर्ता, असल बाल बचतकर्ता लगायत दुई दर्जन बढिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
    कार्यक्रम संस्थाका अध्यक्ष देब बहादुर खड्काको अध्यक्षता, उपाध्यक्ष हरि बहादुर कार्कीको स्वागत र सचिव मेजर तेज बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend