१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

‘नीति निर्माण गर्दा दिगो विकासका आधार रोजौं’


जनमञ्च संवाददाता
  • १५ पौस २०८१ , सोमबार

  • ‘नीति निर्माण गर्दा दिगो विकासका आधार रोजौं’

    बागलुङ, १५ पुस-राष्ट्रिय सभाकी सांसद कमलादेवी पन्तले राज्यले नीति निर्माण गर्दा लैंगिकमैत्री, वातावरण अनुकुल र सामाजिक समावेशीकरणको आधारमा गर्नुपर्ने बताएकी छिन् । उनले स्थानीय र प्रदेश सरकारको जिम्मेवारी पनि सोही अनुसारको हुनुपर्ने बताइन् । पन्तको नेतृत्वमा संघिय र प्रदेशसभाका डेढ दर्जन सांसदसहित बागलुङ आएको टोलीलाई स्वागत गर्न आयोजित बागलुङ नगरपालिकाको कार्यक्रममा बोल्दै उनले सामाजिक समावेशीकरणले समाजमा बिभेद अन्त्य गर्ने बताइन् । साथै, भौतिक विकास गर्दा वातावरणको ख्याल गर्न पनि आग्रह गरिन् ।

    पछिल्लो समय वन क्षेत्र बढ्ने तर वन ऐन अभावमा स्थानीयले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने पनि बताइन् । सरकारले वन ऐन नल्याउँदा जंगल क्षेत्र बढेपनि जनताले फाइदा नपाएको गुनासो बढेको छ । उनले नीति निर्माण गर्दा दिगो बिकासका आधार रोज्नुपर्ने समेत सुझाव दिइन् ।

    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले दिगो विकासका अवधारणामा काम गरेको बताए । उनले त्यसका लागि दिर्घकालिन र मध्यकालिन योजना बनाएर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतमा पनि लगानी बढाएको बताए । डोजरे विकास अन्त्य गरी भएका सडक स्तरीय बनाउने, नगरलाई तरकारी, दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने तथा सामाजिक विकासलाई प्राथमिकता दिने लक्ष्य पनि सुनाए ।

    कार्यक्रममा नगरपालिका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, प्रशासकीय अधिकृत भीमसेन पन्त लगायतले नगरको योजना, कानून निर्माणको अवस्था र काम गर्ने शैलीबारे जानकारी गराएका थिए । उक्त अवसरमा सांसदको टिमलाई संयोजन गरेर ल्याएको सर्पोट नेपालका टोली नेता राकेश कर्णले स्थानीय सरकारले बनाएका नीति नियम तथा कार्यक्रमको अध्ययन र संघिय सरकारलाई सुझाव संकलन लगायतको अभियानमा टोलीलाई विभिन्न क्षेत्रमा ल्याएको बताए । राष्ट्रिय सभा, प्रतिनिधिसभा, विभिन्न प्रदेशका प्रदेशसभा सदस्य विभिन्न आयोगका प्रमुख समेतलाई यो अभियानमा सपोर्ट नेपालले जोडेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend