९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
धौलागिरि अस्पताल बागलुङको ६६ औं वर्षगाँठ

आर्थिक सुशासनमा कुनै कम्प्रोमाइज हुँदैन : मन्त्री पाठक


जनमञ्च संवाददाता
  • २ माघ २०८१ , बुधबार

  • आर्थिक सुशासनमा कुनै कम्प्रोमाइज हुँदैन : मन्त्री पाठक

    बागलुङ, २ माघ-गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आर्थिक सुशासनको विषयमा कुनै कम्प्रोमाइज नहुने बताएका छन् ।
    धौलागिरि अस्पताल बागलुङको ६६ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दे मन्त्री पाठकले डाक्टर, नर्स र कर्मचारीलाई अभिभावकत्व प्रदान गर्न आफु हरदम तयार रहेको बताए । ‘म तपाईंहरुको पक्षको मान्छे हो, संरक्षण गर्छु, तर, आर्थिक अनुशासनको विषयमा तलमाथि भएको थाहा पाए भने कसैलाई जोगाउँदिन, म कहाँ नआए हुन्छ’ मन्त्री पाठकले चेतावनी दिँदै भने, ‘त्यसको तुरुन्तै एक्सन हुन्छ ।’
    बिरामीलाई सेवा प्रदान गर्ने समयमा बाहिर गएर बिरामी जाँच गर्ने, बिरामीहरुलाई गरिने व्यवहारमा तलमाथि गर्ने विषयमा कहिल्यै कम्प्रोमाइज हुँदैन तत्काल एक्सन हुने मन्त्री पाठकले बताए । चारित्रिक कुरामा पनि कर्मचारीहरुले ध्याउन दिनुपर्ने मन्त्री पाठकको भनाई थियो । स्वास्थ्यकर्मी र कर्मचारीको स्तरोन्नति, वृत्तिविकास र क्षमता वृद्विको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री पाठकले प्रतिवद्वता समेत जनाएका छन् ।
    अबको एकसाताभित्र धौलागिरि अस्पतालले नयाँ व्यवस्थापन समिति पाउने उनको भनाई थियो । ‘यस विषयमा फाइल उठिसकेको छ, हस्ताक्षर गर्न पाएको छैन’ पाठकले भने, ‘अस्पताल व्यवस्थित तरिकाले चल्नुपर्छ, राजनीतिकरण र मनोमानी हुनुहुँदैन ।’ जागिर खुवाउने नाममा अस्पताललाई आर्थिक भार पर्नेगरी भाईभतिजा भर्ति गर्ने केन्द्र बन्न नहुने र कर्मचारीले बिरामीको राम्रोसंग सेवा गर्नुपर्ने मन्त्री पाठकले बताए ।
    धौलागिरि अस्पताललाई एक सय शैयामा स्तरोन्नति गर्ने र स्टाफ नर्स पढाउने गरी तयारी भईरहेको मन्त्री पाठकले बताए । ‘म कुरा मात्रै होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्छु’ मन्त्री पाठकले थपे । बागलुङको धौलागिरि अस्पताल, नवलपुरको मध्यविन्दु अस्पताल र तनहुँमा रहेको दमौली अस्पताल, स्याङ्जा र लमजुङ अस्पताललाई स्तरोन्नति गर्ने गरी आफु अघि बढेको मन्त्री पाठकले जानकारी दिए । धौलागिरि अस्पताल र बुर्तिवाङ अस्पतालमा अब छिट्टै व्यवस्थित ट्रमा सेन्टर स्थापना गरिने मन्त्री पाठकले योजना सुनाए ।
    मन्त्री पाठकले निस्वार्थ भावनाले जनताको सेवालाई शिरमा राखेर स्वास्थ्य जस्तो अति संवेदनशिल क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको बताए । ‘मैले मन्त्री हुँदाकै दिन भनेको थिए– मलाई कसैको दबाब र निर्देशनले छुदैन’ मन्त्री पाठकले भने, ‘जनताको हितमा हुने काममा निर्णय लिन म एकरति पनि थाती राख्दिन, बोल्ड डिसिजन गर्छु ।’
    पहाडी भूगोलका कारण बागलुङका ग्रामिण क्षेत्रका जनताले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउन नसकेकै कारण बुर्तिवाङ अस्पताल आवश्यक रहेको उनले बताए । गण्डकी प्रदेशलाई चाहिने जनशक्ति आफै तयार गर्न सक्ने आधार रहेको चर्चा गर्दे मन्त्री पाठकले सरकारी तथा निजी क्षेत्रका मेडिकल कलेजसंग समन्वय र सहकार्य गरेर डाक्टर तथा नर्स उत्पादन गर्न सकिने बताए । विकटका जनताको ज्यान बचाउन हेलि उद्वारका लागि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको उनले सुनाए । ‘गण्डकी सरकारको आफ्नै हेलिकप्टर चाहिन्छ, त्यसले गर्भवती महिलासंगै जटिल किसिमका बिरामी र विपत्मा परेका पर्यटकलाई उद्वार गर्नेगरी हेल्थ टुरिजमको क्षेत्रमा काम गर्न सकिन्छ’ मन्त्री पाठकले भने ।
    वार्षिकोत्सवको अवसरमा मन्त्री पाठकले अस्पतालले सुरु गरेको प्याथोलोजी सेवाको समेत उद्घाटन गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend