८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तयार भयो गौतमबुद्ध विमानस्थल


सलमान खान
  • १४ माघ २०७८ , शुक्रबार

  • तयार भयो गौतमबुद्ध विमानस्थल

    भैरहवा, १४ माघ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माणसामग्रीे अभावका बाबजुत निर्माण सकिएको हो।

    ‘फिनिसिङका छिटफुट काम भइरहेका छन्’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘केही समयमै उडान सुचारु हुने अपेक्षा छ।’ जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उनले बताए। २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ।विमानस्थल सञ्चालनअघि सञ्चार उपकरण परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरू ठिक भए, नभएको बारे रिपोर्ट आउँछ।

    क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको आयोजना प्रमुख अधिकारीले बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा मान्यता प्राप्त गराउन क्यालिब्रेसन उडान पहिलो पाइला हो। जसको तयारी गरिरहेका छौं,’ उनले भने।

    विमानस्थल सञ्चालनका लागि सय दिने योजना बनाएर ‘मिसन भैरहवा’ अभियान नै चलाइएको छ। माघ १२ देखि सुरु अभियानअन्तर्गत फागुन १० मा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले बताए। बुद्ध जयन्ती शुभ दिन भएकाले सोही दिन उडान सुचारु गर्ने योजना बनाइएको उनको भनाइ छ।

    क्यालिब्रेसन उडान योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुनेछ।

    यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डेलिङ, फुड क्याटिरिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यानलगायतबाट मानव संंसाधनको परिचालन गर्ने बताइएको छ।

    आईसीबी टु ठेक्का पाएको एरो थाई कम्पनीको टोली विमानस्थलमा आइपुगेका छन्। जडान गरिएका सञ्चार उपकरणको प्राविधिक जाँच गरिरहेको आईसीबी टु योजना प्रमुख प्रदीप न्यौपानेले बताए।

    ‘भैरहवा विमानस्थलमा क्यालिब्रेसन उडानका लागि अन्तिम चरणमा पुगेका छौं’ उनले भने, ‘फेब्रुअरी (फागुन) महिनाभित्र उडान सुरु गर्छौं।’ सञ्चार उपकरण ठिक रहेको अवस्था रहेमा क्यालिब्रेसन उडान सुरु गर्ने प्राधिकरणका निमित्त डीजी ठाकुरले बताए।

    ‘विमानस्थलमा महिनौंअघि जडान गरिएका सञ्चार उपकरण छन्। केही बिग्रिएको पनि हुन सक्छन्,’ ठाकुरले भने, ‘अहिले त्यसैको परीक्षण (ग्राउन्ड टेस्ट) भइरहेको छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend