१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

विद्यामन्दिरको ८१ औं वार्षिकोत्सव: २ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • विद्यामन्दिरको ८१ औं वार्षिकोत्सव: २ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य

    बागलुङ, ३ फागुन – विद्यामन्दिर माध्यामिक विद्यालय बागलुङले आगामी शैक्षिक सत्रसम्ममा २ हजार विद्यार्थी र गुणस्तरिय पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको छ ।

    सोमबार आफ्नो ८१ औं वार्षिकोत्सवको मूल समारोहमा कार्ययोजना प्रस्तुत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले आगामी एक वर्षमा विद्यामन्दिर जिल्लामै सबैभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने विद्यालय बन्ने दाबी गरे । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्म १ हजार ३ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

    विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव हुन नदिने, कम्तिमा ५० जना बिपन्न परिवारका बालबालिकाका लागि बिद्यालयमै खानाको व्यवस्था गर्ने, अंग्रेजी माध्याममा पठनपाठन गराउने, आधारभूत तहको स्वास्थ्य सेवा विद्यालयमै उपलव्ध गराउनेदेखि न्यानो कपडा उपलव्ध गराउनेसम्मका योजना अध्यक्ष शाक्यले प्रस्तुत गरे ।

    उनले बिज्ञान प्रबिधिका कक्षामा जोड दिने र कम्प्युटर शिक्षालाई व्यवस्थित बनाउने योजना समेत सुनाए । उनले शिक्षामा गुणस्तर बृद्धि र अंग्रेजी माध्याम तथा कम्प्युटर शिक्षाका लागि आवश्यक परे दक्ष शिक्षक नियुक्त गर्न सकिने योजनासमेत सुनाए । विद्यालयमा आधारभुत स्वास्थ्योपचारका लागि एचए नियुक्ती गरिने उनले बताए ।

    विद्यालयले विविध कार्यक्रम गरेर ८१ औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको सोमबार आयोजित मुल समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जिल्लाकै नमुना विद्यालयको रुपमा प्रस्तुत हुन विद्यामन्दिरलाई आग्रह गरे । सदरमुकाममा रहेको र जिल्लाकै पुरानो विद्यालय भएकाले सरकार र शिक्षासेवी सबैको ध्यान जाने भन्दै पौडेलले सरकारले गरेको लगानी अनुसारको जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद शर्माले शिक्षकको मिहिनेत, प्रधानाध्यापकको प्रशासन, बिद्यार्थीको सिकाई र व्यवस्थापनको सक्रियताको मापन हुनुपर्ने बताए । उनले देश र समुदायले चाहेको जस्तो जनशक्ति उत्पादन भएमा मात्रै विद्यालय उत्कृष्ट ठहरिने बताए ।

    विद्यालयले हरिलक्ष्मी नारायण स्मृति कोष लगायतका विभिन्न अक्षयकोषहरुबाट विद्यार्थीलाई छात्राबृत्ति तथा पुरस्कार प्रदान गरेको थियो । त्यस्तै अभिभावक, शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो । वार्षिकोत्वको अबसरमा आयोजित विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रधानाध्यापक शान्तमणि ढकालले बताए । उनले वार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पारस केसी इन्द्र, शिक्षासेवी लालचन्द्र राजभण्डारी, देवबहादुर श्रेष्ठ, विश्वनाथ रेग्मी, तिर्थ प्रसाद श्रेष्ठ, डिल्लीराज गौतम, इश्वर राजभण्डारी, राजन शर्मा, डियर बाबु हमाल र पूर्व शिक्षक चयनदेवी श्रेष्ठलगायतले बोलेका थिए ।

    विद्यालयका शिक्षक छविरमण रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयले ५८ लाख खर्चेर निर्माण गरेको सभाहलको नगरप्रमुख पौडेलले उद्घाटन गरे । २ सय जना क्षमताको सभाहलका लागि बागलुङ उद्योग वाणिज्य संघका कोषध्यक्ष श्रीजय श्रेष्ठले २ सय कुर्सी सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend