१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

म्याग्दीमा चुनावको तयारी तीव्र


जनमञ्च संवाददाता
  • २२ बैशाख २०७९ , बिहिबार

  • म्याग्दीमा चुनावको तयारी तीव्र

    म्याग्दी, २२ बैशाख– आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तयारी तीव्र भइरहेको छ । निर्वाचन कार्यालय, प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।
    जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिए । ‘चुनावमा खटाउने सम्भावित कर्मचारीको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौँ’, घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ती दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।’
    निर्वाचन कार्यालयले दुई हजार ३ सय ६७ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाएको थियो । छ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र १ सय १४ मतदान केन्द्र कायम गरिएको छ ।
    यस्तै, १ सय १४ मतदान अधिकृत, १ सय १४ सहायक मतदान अधिकृत, २ सय १९ सहायक कर्मचारी र १ स १४ सहयोगी कर्मचारी गरी कूल ५ सय ६१ सुरक्षाकर्मीबाहेकका जनशक्ति नियुक्ति गरिने निर्वाचन अधिकारी घिमिरेले बताए ।
    निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको छ । ९६ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीका ७४ मतदानस्थलमध्ये १५ वटालाई अति संवेदनशील, ४९ लाई संवेदनशील र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
    निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६ सय १८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २ सय ७७ सहित ३ सय ८० नेपाल प्रहरी खटिने छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छभने सबै स्थानीय तहमा एक÷एक वटा घुम्ती टोली परिचालन गरेर गस्ती थालिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend