१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

कालीका गुठीको प्रशासकीय भवनको शिलान्यास


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०७९ , शनिबार

  • कालीका गुठीको प्रशासकीय भवनको शिलान्यास

    बागलुङ, ७ जेठ– कालीका भगवती गुठीले आफ्नै प्रशासकीय भवन बनाउने भएको छ । शनिबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भवनको शिलान्यास गरे ।
    संघिय शहरी विकास मन्त्रालयको लगानीमा भवन बन्न लागेको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए । ९० लाखको लागत स्टिमेट भएपनि चालु बर्ष भुईँतला निर्माणका लागि ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपनि शनिबार शिलान्यास भएको हो ।
    यो भवनमा प्रशासनिक काम तथा कालीका संग्राहलय समेत बनाउने गरी योजना राखिएको उनले जनकारी दिए । भवन शिलान्यास गर्दै नगरप्रमुख श्रेष्ठले बागलुङलाई पर्यटनको केन्द्र बनाउन कालीका भगवती मन्दिरको महत्वपूर्ण योगदान गरेको बताए । उनले कालीकाको आर्शिबादले बागलुङबासीमा शान्ति र समृद्धि समेत आउने बताए ।
    गुठीले नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्कासहित जनप्रतिनिधिलाई पनि स्वागत तथा सम्मान गरेको थियो । उक्त अवसरमा समेत श्रेष्ठले पर्यटनबाट जिल्लाकै समृद्धि खोज्ने गरी योजना बनाइने बताए । उपप्रमुख खड्काले पनि पर्यटनको विकास नै पहिलो प्राथमिकतामा पर्ने भन्दै नगरपालिका र पर्यटन प्रवद्र्धन सँगै अगाडि बढ्ने बताए ।
    गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षता, कार्यालय सचिव तारा शर्माको संचालन र सचिव भरत खड्काको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गुठीले नगरपालिका र कालीका मन्दिरको सम्बन्ध बिस्तार गर्ने, विकासमा योगदान गर्ने तथा पर्यटनको प्रमुख आधार बनाउने लक्षले परिचयात्मक कार्यक्रम राखेको खड्काले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend