बागलुङ, २० जेठ– प्रहरीले राजश्व छली गरी बिक्रीका लागि ल्याईएका सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार बिहान बागलुङ बजारको हल्लनचोकबाट लाखौं मुल्यमा सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ का ३८ बर्षिय जीवलाल गैरे र सर्लाही जिल्ला धनकौल गाउँपालिका–३ बस्ने ४२ बर्षिय चुनचुन मिश्र रहेका छन् । उनीहरुको साथबाट बिल भरपाई नभएका लाखौं मुल्य पर्ने मोबाईल, चार्जर, इयरफोन लगायतका सामग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
बरामद भएका सामग्री सहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको रानाले जानकारी दिए ।