९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरी आर्युेवेदमा योग दिवस मनाईयो


जनमञ्च संवाददाता
  • ७ असार २०७९ , मंगलबार

  • धौलागिरी आर्युेवेदमा योग दिवस मनाईयो

    बागलुङ, ७ असार– धौलागिरी आर्युेवेद औषधालयले मंगबार बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय योग दिवस मनाएको छ । ‘मानबताको लागि योग’ भन्ने नारासहित यस बर्षको अन्तर्राष्ट्रिय योग दिबस मनाईएको हो । औषधालयको योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेको थियो ।
    योगाभ्यास कार्यक्रममा डा. कमल बिक्रम पौडेलले स्वागत योगको मानव जीवनमा रहेको महत्वको बिषयमा जानकारी गराएका थिए । दिनको सुरुवात हुने समायमा एक घन्टाको समय प्रत्यक मानिसले अफ्नो लागि छुट्याउनु पर्ने उनको धारणा थियो । समयमा आफ्नो बारेमा चिन्तन गर्ने, आफ्नो शरिरका अंग प्रत्यांगमा गतिशिलिता प्रदान गर्दै मन शान्त राख्न र आसन प्रणायम र ध्यान गर्न पौडेलले आग्रह गरे ।
    कार्यक्रममा योग विभिन्न आयाम आसन, प्रणायम लगायतका अभ्यास कार्यालयका वैद्य निरीक्षक एकराज ढुंगानाले सञ्चालन गरेका थिए । कार्यक्रममा औषधालय व्यवस्थापन समिती सदस्य ललिता थापाले नसर्ने रोगको व्यवस्थापन र स्वस्थ्य जीवनयापन गर्न दैनिक रुपमा योग साधना गर्न आग्रह गरिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend