११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पर्वतमा सवारीको नयाँ भाडादर तोकियो


जनमञ्च संवाददाता
  • ८ साउन २०७९ , आइतबार

  • पर्वतमा सवारीको नयाँ भाडादर तोकियो

    पर्वत, ८ साउन– जिल्लाभित्र सञ्चालन हुने जीप तथा बसले यात्रुबाट मनपरी भाडा असुल गरेको गुनासो आएपछि पर्वतमा सरोकारवाला बीचको छलफलपछि नयाँ भाडादर सहमति भएको छ ।
    जिल्ला प्रशासन कार्यालय पर्वतमा सरोकारवाला बीचको बैठकले नयाँ भाडादर कायम गरेको हो । नयाँ कायम भएको भाडादर अनुसार पर्वत जिल्लाको कच्ची सडकमा यात्रा गर्ने यात्रुले जीपमा सवार गर्दा प्र्रतिकिलोमिटर ११ रुपैँया र बसमा सवार गर्ने यात्रुले प्रतिकिलोमिटर १० रुपैँयाँ तोकिएको छ ।
    त्यस्तै, कालोपत्रे, ग्राबेल र पक्की सडकमा यात्रा गर्ने यात्रुले जीपमा ९ रुपैँयाँ ५० पैसा र बसमा ९ रुपैँया तोकिएको छ । यसअघि पर्वतका ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रति किलोमिटर २७ रुपैँयाँसम्म भाडा लिँदै आएका थिए ।
    जिल्ला ट्राफिक कार्यालय पर्वतले प्रत्येक सडकमा चल्ने सवारी साधनले लिँदै आएको भाडादर, सडकको दुरी र सडकको अवस्थाको मुल्यांकन गरी बैठकमा पेश गरेको थियो । सोही बैठकले नयाँ भाडादरलाई सर्वसाधारण यात्रुले देख्नेगरी पारदर्शी तवरबाट यातयातका साधनमा टाँस गर्नका लागि यातायात व्यवसायीलाई अनुरोध समेत गरेको छ ।
    त्यस्तै भाडा निर्धारण गर्ने प्रयोजनका लागि गठित समितिमा पर्वत यातयात प्रालिका हेम शर्मा पौडेललाई सदस्यमा मनोनित गर्ने निणर्य गरेको छ । अटो रिक्साको सम्बन्धमा समेत कुश्मा बजारभित्र रुट कायम भएका जुनसुकै स्थानमा प्रतिव्यक्ति ५० रुपैँयाँ र फलेवास नगरपालिकाको रुट कायम भएको क्षेत्रभित्र प्रतिकिलोमिटर १५ रुपैँयाँ मात्रै लिन पाउने गरी निणर्य भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend