१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता


जनमञ्च संवाददाता
  • १६ साउन २०७९ , सोमबार

  • प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता
    ????????????????????????????????????

    म्याग्दी, १६ साउन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मंगला गाउँपालिकाले फिर्ता पठाएको छ ।
    मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए । ‘साउन ५ गतेको निर्णयानुसार मंगला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ’, उनले भने, ‘मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।’
    मंगलाका प्रशासकीय अधिकृत मनोहर ढुंगानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मंगलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्किएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताए ।
    मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले ‘मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको’ प्रतिक्रिया दिए । ‘उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो’, अध्यक्ष रोकाले भने, ‘मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।’
    काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताए । प्रशासकीय अधिकृत ढुंगानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend