११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

किसानलाई अलैँची जोगाउन सकस


जनमञ्च संवाददाता
  • २८ साउन २०७९ , शनिबार

  • किसानलाई अलैँची जोगाउन सकस

    बागलुङ, २८ साउन– बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर अलैँची टिप्ने याममा किसानलाई उही पीरलोले सताउँछ– दुम्सीबाट अलैँची कसरी जोगाउने ?
    हुन त बाहिरी जीवजन्तुबाट कम जोखिम भएको बालीमा अलैँची पर्छ । तैपनि यहाँका किसान भने दुम्सी, भार्से जस्ता जन्तुले पाक्ने बेलाको अलैँची खाइदिएर हैरान छन् । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले बर्सेनि दुम्सीले अलैँचीमा क्षति प¥याउने गरेको बताए ।
    उनी नौ वर्षयता अलैँचीको व्यावसायिक खेतीमा छन् । केन्द्रले सय रोपनीमा अलैँची लगाउँदै आएको छ । अलैँची बेचेर वार्षिक सात÷आठ लाखसम्म कमाई हुने गरेको अध्यक्ष भण्डारीले बताए । ‘जीवजन्तुबाट हुने क्षति रोक्न सकियो भने किसानको आम्दानी अझै बढ्छ’, उनले भने ।
    बरेङ गाउँपालिका–२ हुग्दीशिरको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलको अनुभव पनि उस्तै छ । बरेङका अलैँची किसानलाई भार्सेले सताउने गरेको उनले उल्लेख गरे । झट्ट हेर्दा बिरालो झैँ देखिने भार्सेले अलैँची खाने र बोट छेउ बिस्टाउने गरेको अध्यक्ष पौडेलले बताए ।
    उक्त समूहका किसानले गत वर्ष २० क्विन्टल अलैँची बेचेर २२ लाख छ हजार ५०० भित्र्याएका थिए । दुई वर्षअघि प्रतिकिलो जम्मा छ सयमा अलैँची बेचेका किसानले अघिल्लो वर्ष प्रतिकिलो एक हजार एक सय ५० सम्म पारेका थिए । बाहिरी क्षतिबाट जोगाउन सके अझै राम्रो आम्दानी लिन सकिनेमा त्यहाँका किसान ढुक्क छन् ।
    कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अलैँची खेतीलाई वन्यजन्तुले क्षति पु¥याउने गरेको घटना कमै सुनिने गरेको बताए । ‘हामीकहाँ आधिकारिक रुपले जानकारी त आएको छैन, तर किसान सचेत हुनेपर्ने अवस्था भने देखियो’, उनले भने, ‘अलैँची बगानको रेखदेख गर्ने, सरसफाइ गर्ने, चिस्यान र छहारी दिने खालका रुख लगाउने गर्नुपर्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend