८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

हङकङ नेपाली महासंघमा रीता गुरुङ


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • हङकङ नेपाली महासंघमा रीता गुरुङ

    काठमाडौं, १७ मंसिर – हङकङमा बस्ने नेपालीहरूका विभिन्न संघसंस्थाका छाता संगठन हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनले तीन वर्षे कार्यकालका लागि रीता गुरुङलाई निर्वाचित गरेको छ । महासंघको ११ औं महाधिवेशनमा अध्यक्षमा निर्वाचित रीता गुरुङलगायत पदाधिकारीहरू ।
    याउमा तेई कम्युनिटी हलमा आइतबार राति सम्पन्न महाधिवेशनमा उपाध्यक्षमा नवीन सुहाङ र कोषाध्यक्षमा नीरकुमार वाइवा निर्विरोध भए भने महासचविमा हेम थापा मगर र सचिवमा संजोग राई निर्वाचित भएका छन् । गुरुङले निवर्तमान अध्यक्ष टंक रानालाई पराजित गरेकी हुन् । महासंघमा महासचिव, उपाध्यक्ष र अध्यक्ष भइसकेकी गुरुङ फेरि अध्यक्षमा निर्वाचित भएकी हुन् ।
    हाल उनी हङकङ सरकारको गृह मामिला विभागअन्तर्गत रहेको प्रमोशनल अन र्‍यासनल हारमोनी कमिटी (जातीय सामाजिक सद्भाव कमिटी) सदस्य, कम्युनिटी सपोर्ट टिम फर नेप्लिज कम्युनिटीको इन्चार्जसमेत हुन् ।
    उनले हङकङमा नेपाली समुदायमा नदेखिएको समस्याका रूपमा अटिजम भएका बालबालिका, वृद्धवृद्धा र लागूपदार्थ दुव्र्यसनी पनि रहेकाले यी समस्या समाधान गर्न हङकङ सरकारसँग समन्वय गर्ने बताइन् । हङकङमा हाल करिब ४० हजार नेपालीहरूको बसोबास रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend