८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
विधानबाट 'सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र'लाई नहटाउने अडान

राप्रपा निर्वाचन आयोगविरुद्ध अदालत जाने


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • राप्रपा निर्वाचन आयोगविरुद्ध अदालत जाने

    काठमाडौं, ९ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ । आइतबार पार्टी पदाधीकारीहरूको बैठकले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

    माघ २ गते पत्र पठाउँदै निर्वाचन आयोगले राप्रपालाई विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ शब्दावली र पार्टीको झन्डामा रहेको गाई चिह्न पनि हटाउन निर्देशन दिएको थियो । पार्टीले आफ्नो विधानबाट ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’लाई नहटाउने अडान लिएको छ।

    आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा लेखिएको ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ तथा विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्ये भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न निर्देशन दिएको छ ।

    आइतबारको बैठकले आयोगले पठाएको नेपालको संविधानको मर्म र भावना विपरीत भएको निर्देशन पुर्वाग्रही देखिएको ठहर गरेको छ ।

    “मंगलबार कानुनविद्हरूसँग छलफल गर्छौं र आयोगलाई जवाफ दिन्छौँ,” महामन्त्री कुन्ती शाहीले भनिन् ।

    यता, महामन्त्री भुवन पाठकले भने कानुनविद्हरूसँग छलफल गरेर आयोगको निर्णयविरुद्ध अदालत जाने बताए ।

    “उपयुक्त समय आएपछि जवाफ दिन्छौँ । तर राजनीतिक र कानुनी उपचार त्यो भन्दा अघि खोज्छौँ,” उनले भने । पाठककाअनुसार आयोगको निर्णय विरुद्ध सडक संघर्ष पनि सुरु गर्ने निर्णयमा पार्टी पुगेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend