पोखरा, १६ माघ – शनिबार पोखराामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको फाइनल जित्दै एपीएफ पहिलोपटक च्याम्पियन बनेको छ।
एपीएफले उपाधिसँगै १० लाख १ हजार रुपैयांँ पुरस्कार पाएको छ। उपविजेता मनाङले भने ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपरेको छ।
यस्तै खेलमा उत्कृष्ट खेलाडीहरूले पनि पुरस्कार पाएका छन्।
यसैगरी एपीएफका कोच कुमार थापा, गोलकिपर कुरियामा तथा बेस्ट प्लेयर राजन गुरुङले पनि २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।