११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

विश्व बक्सिङ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा ४ खेलाडीलाई बोलाईयो


जनमञ्च संवाददाता
  • १४ बैशाख २०७९ , बुधबार

  • विश्व बक्सिङ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा ४ खेलाडीलाई बोलाईयो

    काठमाडौं, १४ बैशाख – नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि ४ महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
    टर्कीको इस्तानबुलमा हुने च्याम्पियनसिपका लागि संघले मंगलबार ४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । च्याम्पियनसिप मे ६ देखि २१ तारिखसम्म आयोजना हुनेछ ।
    च्याम्पियनसिपका लागि संघले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागको स्वर्णधारी मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजी १३ औं सागको रजत पदक विजेता पुनम रावललाई प्रशिक्षणमा बोलाएको हो ।
    संघले बोलाएको ४ जना खेलाडीहरु हालै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन् । चार खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले सातदोबाटोमा प्रशिक्षण गराईरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend