११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन : सदस्य सचिव घिसिङ


जनमञ्च संवाददाता
  • २४ साउन २०७९ , मंगलबार

  • नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन : सदस्य सचिव घिसिङ

    पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले दावी गरेका छन् । सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रिपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने तय भएको छ ।

    ‘मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको हो, सोही कारण निर्धारित मितिमानै प्रतियोगिता हुन्छ, निर्वाचनले यसलाई प्रभाव पार्दैन’, सदस्य सचिव घिसिङले भने । प्रतियोगितालाई प्रभावित नर्पानको लागि निर्वाचन आयोगसँग समेत परामर्श गरिएको उनले खुलाए ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । सात प्रदेश, तीन विभागिय टोली र एनआरएनएको एक टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend