काठमाडौं, १४ मंसिर– अण्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश–१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश–१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश–१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन÷तीन विकेट लिएभने सन्देश भट्टराईले २ विकेट लिए । त्यस्तै आशीष मगर र आश्विन महतोले समान १÷१ विकेट लिए ।
जीतसँगै प्रदेश–१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । प्रदेश–१ को चार खेलबाट चार अंक भएको छ । पराजित मधेश तीन खेलमा अंकविहीन छ ।