१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

एमाले उमेद्वारले दिए मतदातालाई धन्यवाद


जनमञ्च संवाददाता
  • २१ मंसिर २०७९ , बुधबार

  • एमाले उमेद्वारले दिए मतदातालाई धन्यवाद

    बागलुङ, २१ मंसिर – बागलुङ क्षेत्र नं. १ का एमाले उमेद्वारहरुले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आँफुहरुको हार प्राविधिक मात्रै भएको बताएका छन् । जिल्लाभरीनै पार्टीका उमेद्वारहरुले ल्याएको मत र समानुपातीक मतले पार्टी पंक्ती र मतदातालाई समेत उत्साहित बनाएको भन्दै उनीहरुले निर्वाचन जीतेर संसद भवन नपुगेपनि जनताको मन जीतेको दावी गरे ।

    बुधबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले निर्वाचनमा सहयोग गर्ने मतदाता, कार्यकर्ता सबै सरोकारवालालाई धन्यवाद दिएका थिए । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उमेद्वार डा. सूर्य पाठक, प्रदेशसभा ‘क’का उमेद्वार हिराबहादुर केसी र ‘ख’का उमेद्वार नवराज पौडेलले संयुक्तरुपमा धन्यवाद दिएका हुन् ।

    ‘गठबन्धनको ठूलो घेराबन्दीकाबीच नेकपा एमालेले लोकप्रिय मत हासिल गरि देशकै पहिलो लोकप्रीय पार्टीको रुपमा स्थापित हुनु गर्वको कुरा हो’ प्रतिनिधिसभाका उमेद्वार पाठकले भने ‘जनता देश विकासको लागि एमालेको पक्षमा रहेको जनमतबाट पुष्टि भएको छ ।’

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङ– १ का जनताले नेकपा एमालेप्रति देखाएको माया र सद्भावका कारणले जिल्लामै पार्टी पहिलो शक्तिको रुपमा उदाएको पाठकले दावी गरे । निर्वाचनका क्रममा जनता समक्ष गरेका बाचाहरुलाई पुरा गर्नका लागि संसदमा नरहेपनि निरन्तर त्यसमा लागि रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

    आधारभूत आबश्यकताहरु शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी सिँचाईलगायतका समग्र समस्याहरुलाई समाधान गर्न सम्बन्धीत निकायमा निरन्तर खबरदारी गर्ने प्रदेशसभा ‘क’का उमेद्वार हिराबहादुर केसीले बताए । ‘हामीहरु जनताको साथमा रहेर जनताकै काम गर्ने छौं । यो निर्वाचनमा पार्टीको पक्षमा, पार्टीले अगाडी सारेका उम्मेदवार हरुको पक्षमा मतदान गर्नु हुने सम्पुर्ण बागलुङबासी मतदाताहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।’

    केसीले भने,– ‘पार्टी कार्यकर्ताहरुको अथक प्रयास र मेहनेतप्रती आभार प्रकट गर्दछौ । निर्वाचनमा हामीलाई प्राप्त मतले जिल्लाको विकासमा लाग्न थप प्रेरणा र उत्साह थपेको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend