११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

भलिबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान


जनमञ्च संवाददाता
  • ५ पौस २०७९ , मंगलबार

  • भलिबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

    काठमाडौं, ५ पुस– बंगलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलंका गरी चार राष्ट्रले भाग लिनेछन् ।
    प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङगलादेश प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलंकाविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते कीर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।
    प्रतियोगितमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल संघले सफलताको शुभकामना दिर्दै विदाइ गरेको थियो । नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend