सुरक्षाकर्मीको स्यालुट खाँदै
संसदभित्र छिर्छ
र बाहिर निस्कन्छ
सभासद मक्करे ।
फरार अभियुक्त हो उ
उसको नाउँमा
एकदर्जन मुद्दाको अभियोग छ
भर्खरै सम्मानित अदालतले
उसको नाउँमा पक्राउ पुर्जी जारी ग¥यो ।
जब उसले
आईमाइहरुलाई करणी ग¥यो
र भुँडी बोकायो
जाँड खाएर
समाजमा हुलहुज्जत कर्म ग¥यो
अर्काको धन सम्पत्ती हडप्यो
र मान्छेलाई
मुला भैंm काट्यो ।
अचानक एकदिन उ
राष्ट्रिय स्तरको नेता बन्यो
र सभासद बनी
संसद भवन छि¥यो
तीन करोड नेपालीको भविष्य कोर्न ।
अचम्म !
सुरक्षाकर्मीको स्यालुट खाँदै
संसदभित्र छिर्छ
र बाहिर निस्कन्छ
सभासद मक्करे ।