२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

तेस्रो संस्करणको जेसीज कप गुठी युनाइटेडले जित्यो


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०८१ , आइतबार

  • तेस्रो संस्करणको जेसीज कप गुठी युनाइटेडले जित्यो

    बागलुङ/डिफेन्डिङ च्याम्पियन बागलुङ सुधार केन्द्रलाई ट्राइबेकरमा पराजित गर्दै ग्रेस गुराँस गुठी युनाइटेडले तेस्रो संस्करणको जेसीज कप जितेको छ ।
    बागलुङ जेसीजले आयोजना गरेको ‘तेस्रो जेसीज कप फुटबल’को शनिबार सम्पन्न फाइनल खेलमा गुठीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । बाङ्गेचउर खेल मैदानमा भएको खेलको निर्धारित समयमा दुवै तर्फको एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा गुठीले ४–३ गोलको जित निकाल्दै उपाधि जितेको हो ।
    खेलको दोश्रो हाफको ५६ औं मीनेटमा गुठीका विराज खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यो खुशी भने लामो समय टिक्न सकेन । एक मीनेटमै बागलुङ सुधार केन्द्रका अफ्रिकन खेलाडी अबेक रिचार्जले ५७ औं मीनेटमै गोल फर्काएर खेललाई बराबारी बनाएका थिए । फाइनल खेलमा गुठीका गोल किपर सौगात खड्का मेन अफ द म्याच घोषित भए । अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो ।
    खेल जितेर गुठीले २ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र बहादुर थापाले खेलाडीलाई ट्रफी प्रदान गरेका थिए । उपविजेता बनेको बागलुङ सुधार केन्द्रले १ लाख नगद पुरस्कारमा चित्त बुझायो । खेलमा ११ टिमले भाग लिएका थिए ।
    जेसीज कपमा बागलुङ सुधार केन्द्रका निसान थापा उत्कृष्ट खेलाडी घोषित भए । गुठीका गोल किपर सौगात खड्का उत्कृष्ठ गोलरक्षक, सुधार केन्द्रका रोशन क्षेत्री उत्कृष्ट स्ट्राइकर, गुठीका संगीत छन्त्याल उत्कृष्ट डिफेन्डर, सुधार केन्द्रका सुशिल लामा उत्कृष्ट मिड फिल्डर घोषित भए । गुठीकै मनिष श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार जित । बिधागत उत्कृष्ट हुने खेलाडीले पनि नगद पुरस्कार पाएको बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । म्याग्दी जिल्ला फुटबल संघ अनुशासित टिम घोषित भयो ।
    शुक्रबार भएको सेमीफाइनल खेलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुराँस गुठी युनाइटेड र पर्पल हेज एभिएमलाई ट्राइबेकरमा हराएर साबिक विजेता बागलुङ सुधार केन्द्र फाइनल प्रवेश गरेको थियो । खेलमा नेपाल आर्मीको श्रीमेहरगण र जिल्ला प्रहरीको टिम भने क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend