११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

आहा रारा गोल्डकप: यी खेलाडीले पाए पुरस्कार


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • आहा रारा गोल्डकप: यी खेलाडीले पाए पुरस्कार

    पोखरा, १६ माघ – शनिबार पोखराामा सम्पन्न आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको फाइनल जित्दै एपीएफ पहिलोपटक च्याम्पियन बनेको छ।

    पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा मनाङलाई  ५–४ ले हराउँदै एपीएफले पहिलोपटक उपाधि जितेको हो। १४ वर्षपछि फाइनल खेलेको एपीएफले उपाधि हात पारेको हो।

    एपीएफले उपाधिसँगै १० लाख १ हजार​ रुपैयांँ पुरस्कार पाएको छ। ​उपविजेता मनाङले  भने ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनुपरेको छ।

    यस्तै खेलमा उत्कृष्ट खेलाडीहरूले पनि पुरस्कार पाएका छन्।

    हाई स्कोरमा रवि थिङ, बेस्ट डिफेन्डरमा राजन गुरुङ, मिड फिल्डरमा रवि थिङ तथा मनाङका फरवार्ड अफिज ओववालेले जनही २५ हजार पुरस्कार पाएका हुन्।

    यसैगरी एपीएफका कोच कुमार थापा, गोलकिपर कुरियामा तथा बेस्ट प्लेयर राजन गुरुङले पनि २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend