११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ताराखोलाको बजेट ३६ करोड ६६ लाख


जनमञ्च संवाददाता
  • १० असार २०७९ , शुक्रबार

  • ताराखोलाको बजेट ३६ करोड ६६ लाख

    बागलुङ, १० असार– जिल्लाको ताराखोला गाउँपालिकाले ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ ।
    गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गरेको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ ।
    गाउँपालिकाले संघीय सरकारबाट शसर्त अनुदानमार्फत प्राप्त गरेको १६ करोड ५४ लाख, वित्तीय समानीकरण अनुदान सात करोड ९९ लाख र राजस्व बाँडफाँटबाट छ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो ।
    त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान ७९ लाख ६४ हजार, राजश्व बाँडफाँट ३८ लाख नौ हजार, संघीय सरकार विशेष अनुदानबापत एक करोड २० लाख, संघीय सरकार समपूरक अनुदान ७० लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान ४० लाख र चालु आर्थिक वर्षको ८२ लाख ९३ हजार मौज्दात र आगामी आर्थिक वर्षको आन्तरिक आम्दानी ५० संकलन हुने गरी गाउँपालिकाले ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो ।
    गाउँपालिकाले चालु खर्चतर्फ छ करोड सात लाख, पुँजीगत खर्चतर्फ १४ करोड ६३ लाख २९ हजार, सशर्त अनुदानसहित चालु खर्च २२ करोड तीन लाख ६३ हजार विनियोजन भएको छ ।
    पालिकाले कृषि विकासतर्फ एक करोड ५६ लाख २५ हजार, पशु विकासतर्फ एक करोड १९ लाख ६० हजार, सामाजिक विकासको शिक्षातर्फ एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफाईमा ९६ लाख, पूर्वाधार विकासमा पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र छ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ ।
    भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि एक करोड ४० लाख, सादी हिल गाउँ पँधेराखोला, बराहखोला सडक स्तरोन्नतिका लागि ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतिका लागि ६० लाख, कृषिउपजको बजारीकरण, जनयुद्ध घाइते तथा शहीद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend