८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धवालगिरि साहित्य प्रतिष्ठानको ब्यानरमा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम


जनमञ्च संवाददाता
  • ८ कार्तिक २०८१ , बिहिबार

  • धवालगिरि साहित्य प्रतिष्ठानको ब्यानरमा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम

    बागलुङ, ८ कात्तिक-धवलागिरि साहित्य प्रतिष्ठानको व्यानरमा एकै दिन चार कार्यक्रम सम्पन्न भएका छन् । बागलुङमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो ।

    प्रतिष्ठानले प्रदान गर्दै आएको काजी रोशन पुरस्कार बितरण, बम सरस्वती साहित्य पुरस्कार प्रदान, हिम मन्दरा स्मृति पुरस्कार तथा धनकुटाबाट प्रदानग रिने मधुश्रइ साहित्य पुरस्कार तथा प्रयासका कविता बिमोचन र सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    ‘फरेना’ उपन्यासका लेखक, दाङका साहित्यकार तथा संगीतकार सन्तोष श्रेष्ठलाई सत्रौं ‘काजी रोशन साहित्य पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठानद्वारा बुधवार आयोजित कार्यक्रममा श्रेष्ठलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । २०४४ सालमा बागलुङका साहित्यकार काजी रोशनले पाएको मोती पुरस्कार रकमबाट कोष स्थापना गरेर साहित्य क्षेत्रमा कृति प्रकाशन गर्नेलाई यो पुरस्कार दिंदै आइएको छ । दर्जनौ गीतमा संगीत भरेका श्रेष्ठले थारु समुदाय र कमलरी प्रथासम्बन्धी उपन्यास लेखेका थिए ।

    बुधवारै बम सरस्वती साहित्य पुरस्कार काठमाडौंका गोबिन्दप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । निजामती सेवाबाट निवृत्त भएका घिमिरेले ५० भन्दा बढी कृति प्रकाशित गरिसकेका छन् । १५ हजार नगद सहित घिमिरेलाई पुरस्कृत गरिएको हो । प्रतिष्ठानबाटै प्रदान गरिने हिम मन्दरा साहित्य पुरस्कार पाल्पाका साहित्यकार हरिराज शर्मा हरिषलाई प्रदान गरिएको छ । उक्त पुरस्करा पनि १५ हजार राशीके रहेको प्रतिष्ठानका सचिव राम थापा अविरलले बताए ।

    धनकुटाबाट गर्गाचार्य प्रतिष्ठानले प्रदान गर्दै आएको मधुश्री साहित्य पुरस्कार भने धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी पनि १५ हजार र प्रमाणपत्र रहेको हो । प्रमुख अतिथिको रुपमा आएकी बिराटनगरकी साहित्यकार तथा कलाकार गंगा सुवेदीले पुरस्कारहरु प्रदान गरिन् ।

    कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी ‘प्रयास’ द्वारा लिखित ‘प्रयासका कविता’ कृति बिमोचनसमेत गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको कृतिमा प्रयासका ६२ वटा कविता तथा गजल संग्रह गरिएको छ । साहित्य क्षेत्रमा क्रियाशिल सुवेदी यस अघि पनि बागलुङमा कार्यरत थिए । उनले प्रकृति, राजनीति, समाज लगायतका बिषयमा रचना गरेका सामाग्री कृतिमा संग्रह गरिएको छ ।

    सोही समयमा बुटवलका बिष्णुप्रसाद सुवेदीले तयार पारेका एकसयबढी चित्रकलाको प्रर्दशनी समेत आयोजना गरियो । उक्त अवसरमा सुवेदीले प्रकृति र ल्याण्डस्केप बारे चित्र कोर्ने सौखबाट यो अवसर आएको बताए । उनले नियमित रुपमा क्यानभासमा चित्र कोरेर बजारको आवस्यकता पुरा गरिरहेका छन् ।
    धवलागिरि साहितय प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापाको संचालन र उपाध्यक्ष धनराज सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा साहित्यकार गंगा सुवेदी, पुरस्कृत व्यक्तित्वहरु सन्तोष श्रेष्ठ र गोबिन्द घिमिरे, प्रजिअ नेत्र सुवेदी, साहित्यकार प्रेम छोटा र सीता श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रयासका कवितामा सहप्राध्यापक हरिप्रसाद गौतम र फरेना उपन्यास बारे उपप्राध्यापक हरिप्रसाद पाण्डेयले टिप्प्णी गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend