११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो किन ?


जनमञ्च संवाददाता
  • १२ जेष्ठ २०७९ , बिहिबार

  • इन्धनको मूल्य भारतमा भन्दा नेपालमा महँगो किन ?

    काठमाडौं, १२ जेठ– नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो भएको छ ।
    नेपाल आयल निगमले ७ वैशाखको राती गरेको मूल्यवृद्धि पछि नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको भाउ लिटरमा १० रुपैयाँ र पेट्रोलमा ५ देखि ६ रुपैयाँसम्म नेपालतर्फ महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।
    अहिले धनगढी नजिकको भारतीय बजारमा पेट्रोलको मूल्य नेपाली रुपैयाँ १७५ छ भने डिजेलको मूल्य १ सय ५० रुपैयाँ पर्छ । यता नेपालतर्फको धनगढी बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १ सय ८० रुपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १ सय ६० रुपैयाँ पर्छ ।
    नेपाल आयल निगमले उपभोक्ता मूल्य बढाउने र भारतका विभिन्न प्रान्तले इन्धनमा लगाएको कर घटाउने नीतिका कारण नेपालतर्फ इन्धनको मूल्य महँगो भएको हो ।
    यसअघि इन्धनको मूल्य सस्तो भएका कारण नेपालबाट भारततर्फ इन्धनको तस्करी हुने गथ्र्याे । नेपालतर्फ इन्धन सस्तो हुँदा तस्करी बढेको भन्दै नेपाल आयल निगमले इन्धनको मूल्य बढाउँदै आएको थियो । तर अहिले भने इन्धनको मूल्य नेपालतर्फ महँगो भएका कारण भारतबाट तस्करीको जोखिम बढेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend