बागलुङ, १ साउन– एकता सहकारी संस्था लिमिटेड बागलुङ २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २४ औं स्थापना दिवस शनिबार एक कार्यक्रमबीच मनाएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संस्थाका सल्लाहकार अमर थापाले गरेका थिए । साथै, सहकारी थप नयाँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका संरक्षक देवबहादुर श्रेष्ठ र पद्यचन्द राजभण्डारीले केक काटेर शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्दै थापाले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारीबीच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए । थापाले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिए ।
कार्यक्रममा संस्था संरक्षक देवबहादुर श्रेष्ठ, पद्यचन्द राजभण्डारी, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, प्रमिला राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाले दिवसको अवसरमा धारा उच्च मावि तंग्राम, नेत्र ज्योती संघ र गौरीधाम मन्दिरलाई भौतिक साम्रागी सहयोग गरेको छ ।
कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, सचिव महेन्द्र प्रसाद कंडेलको सञ्चालनमा तथा सहसचिव सुनिता पुरीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले रेमिटेन्स, मोबाइल बैकिङ, इसेवा सञ्चालन र विभिन्न ठाँउमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको राजभण्डारीले बताए ।