११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

जिम्न्यास्टिकमा सीता र रोशन प्रथम


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०७९ , आइतबार

  • जिम्न्यास्टिकमा सीता र रोशन प्रथम

    पोखरा, १५ जेठ– पोखरामा शनिबार सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय जिम्न्यास्टिक प्रतियोगितामा कास्कीका रोशन पुन र सीता कुमारी खड्का प्रथम भएका छन् ।
    कास्की जिल्ला जिम्न्यास्टिक संघले प्रतियोगिता आयोजना गरेको हो । महिलातर्फ सीता कुमारी प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् । यस्तै, पुरुषतर्फ रोशन सर्वोत्कृष्ट रहँदा कास्कीकै विशाल पुन द्वितीय र बाग्लुङका कृष्ण कँडेल तृतीय भए ।
    प्रतियोगितामा विजेताहरुले नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिम्न्यास्टिक संघका केन्द्रीय सदस्य योगेन्द्र गुरुङलगायतले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । नेपालमा २०२३ सालमा जापानी सहयोगमा जिम्न्यास्टिक खेलको सुरुवात भएको पाइन्छ । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend