११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा


जनमञ्च संवाददाता
  • २ साउन २०७९ , सोमबार

  • साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

    काठमाडौं, २ साउन– भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन् । छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् ।
    यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिशेक वाइवा रहेका छन् । मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।
    उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले उक्त प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ ।
    यसैगरी नेपालले आफनो दोस्रो खेल साउन ११ गते श्रीलङ्काको सामना गर्नेछ भने तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपालले भारतसँग साउन १५ गते खेल्नेछ । त्यस्तै नेपालले साउन १७ गते बंगलादेशको सामना गर्नेछ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले फाइनल खेल्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend