१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एसियाली खेलकुदको नयाँ मिति घोषणा


जनमञ्च संवाददाता
  • ४ साउन २०७९ , बुधबार

  • एसियाली खेलकुदको नयाँ मिति घोषणा

    काठमाडौं, ४ साउन– चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुदको नयाँ मिति घोषणा भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय गरेको छ ।
    यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । तर कोभिड–१९ को कारण प्रतियोगिता स्थगित भएको थियो ।
    नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । नेपालले पहिलो चरणको विशेष प्रशिक्षण समेत गरिसकेको छ ।
    नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend